काठमाडौँ, ४ माघ । आज सुनको मुल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ । सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सय ५५ मा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ ।