सुनको भाउ स्थिर

  • Avatar
    admin

    February 22, 21 8:06 am

  • Comments

काठमाडौँ, १० फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलामा ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि त्यहि मूल्यमा कारोबार भएको हो ।

Advertisement

यस्तै तेजावी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ।

योसँगै चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आइतबार तोलामा १३३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ बढेर प्रतितोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।