सुनको भाउ बढ्यो

  • Avatar
    admin

    April 6, 21 5:59 am

  • Comments

काठमाडौँ, २४ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ सयले बढेको हो ।

Advertisement

सोमबार प्रतितोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर प्रतितोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

योसँगै मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।