सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लाग्यो

  • Avatar
    admin

    April 11, 21 5:59 am

  • Comments

काठमाडौँ, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोलामा ४ सयले ओरालो लागेको छ ।

Advertisement

शुक्रबार प्रतितोलामा ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोलामा ४ सयले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

साथै शुक्रबार प्रतितोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोलामा ५ रुपैयाँले घटेर प्रतितोला बराबर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।