सुनको भाउ प्रतितोलामा २ सयले बढ्यो

  • Avatar
    admin

    May 4, 21 6:40 am

  • Comments

काठमाडौँ, २१ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार प्रतितोलामा थप २ सय रुपैयाँले बढेको छ ।

Advertisement

मंगलबार सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको भाउ प्रतितोलामा ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने मंगलबार प्रतितोला २५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले छ ।