April 8, 21 5:36 am
काठमाडौँ, २६ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोलामा एक हजारले बढेको छ ।
बुधबार प्रतितोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार प्रतितोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै बिहीबार चाँदीको पनि भाउ बढेको छ । बुधबार प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर प्रतितोलामा १ हजार २ सयमा ६० रुपैयाँमा कारोबार भएको छ ।