February 17, 21 7:01 am
काठमाडौँ, ५ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको भाउ आज प्रतितोलामा ११ सयले घटेको छ। मंगलबार प्रतितोलामा ९० हजार ९ सयमा कारोबार भएको सुन बुधबार ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।
योसँगै आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको छ।