January 12, 21 6:04 am
काठमाडौं, २८ पुस । आज साताको तेस्रो दिन सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।
हिजो सुन तोलामा आठ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार हिजो ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।