सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढायो तर सुबिधा बढाएन

  • Avatar
    admin

    January 13, 21 2:10 am

  • Comments

वीरगञ्ज, २८ पुष । वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् ।

Advertisement

गएको भदौ महिनादेखि सुख्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए पनि सुबिधा नबढाएकाले पहिले जस्तै कन्टेनर थन्किनेक्रम जारी रहेको छ ।

सरदरमा दैनिक तीन वटा टे«न आउने सुख्खा बन्दरगाहमा सरदरमा ढेड सय कन्टेनर आउने गरेको बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रबन्धक मध्येका एक विकास शर्माले गोखापत्रलाई बताउनु भयो ।

दैनिक १ सय ३० को हाराहारीमा कन्टेनरहरु सुख्खा बन्दरगाहबाट बाहिरिने गरेकाले सुख्खा बन्दरगाहमा कन्टेनरको सख्या बढेको उहाँले बताउनु भयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।