सिरहामा छठ घाटबाट एक युवक हतियारसहित पक्राउ

  • Avatar
    admin

    November 21, 20 3:30 am

  • Comments

जनकपुरधाम, ६ मंसिर। सिरहामा छठको घाटबाट एक युवकलाई हतियारसहित शनिबार बिहान पक्राउ गरेको छ ।

Advertisement

बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दासलाई नियन्त्रणमा लिएको जनाइएको छ । वडा नम्बर ५ स्थित पोखरीबाट हतियारसहित पक्राउ गरिएको उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

advertisement

रविनका साथबाट एक राउण्ड गोली लोड गरिएको एउटा कटुवा पेस्तोल बरामद भएको छ । सोही पेस्तोलमा लाग्ने थप २ राउण्ड गोली पनि बरामद भएको छ।