सिईडिबि हाइड्रोपावरको शेयरमूल्य तेस्रो कारोबार दिन पनि उच्च दरमा बढ्यो

  • Avatar
    admin

    June 13, 21 7:21 am

  • Comments

काठमाडौँ, ३० जेठ । बुधवारदेखि धितो पत्र दोस्रो बजारमा कारोबार सुरु गरेको सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य निरन्तर उच्च दरमा बढी रहेको छ ।

Advertisement

पहिलो दिन देखिनै उच्च दरमा मूल्य बढी रहेको कम्पनीको तेस्रो कारोबार दिन पनि ९.९६ प्रतिशतले बढेको छ । कारोबारको डेड घण्टाको अवधिसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५० ले बढेर अन्तिम मूल्य रु. ५५२ पुगेको हो ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रु. ४१६ मा खुला भएको थियो । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. १३८ दशमलव ७९ देखि रु. ४१६ दशमलव ३७ सम्मको मूल्य रेञ्ज तोकेको थियो । कम्पनीले सर्वसाधारणमा वैशाख ३१ गते आइपिओ बाँडफाँट गरेको थियो ।

यस कम्पनीद्वारा प्रवर्द्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रु. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।