सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ

  • Avatar
    admin

    April 22, 21 9:00 am

  • Comments

बर्दिया, ९ वैशाख । सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–३ सिमरा बस्ने कोपीराज सापकोटालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

Advertisement

विशेष अदालत बबरमहल काठमाडौँको २०७४ माघ २ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको प्रहरीले उनकै ठेगानाबाट पक्राउ गरेको हो ।

सापकोटालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत गुलरिया बर्दियाम बुझाइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय बर्दिया चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।