सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिए : ओली

`

सर्बोच्च संवाददाता

काठमाडौँ, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् ।

Advertisement

एमालेद्वरा आयोजित कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, ‘आज बाबुको मुख हेर्ने दिन हो रु श्रीमीतीको मुख हेर्ने दिन हो रु छोराछोरीको मुख हेर्ने दिन हो रु’

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । ओलीले अघि भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त ।’

उनले अघि भने, ‘जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा १ बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?