सन्दीप आबद्ध हरिकेन्स ९ रनले विजयी, १२ खेलमा २४ अङ्क जोडेर चौथो स्थानमा

`

     २०७८ पौष २९ गते ८:५४
  • 2
    Shares

काठमाडौँ, २९ पौष । सन्दीप लामिछानेले बिहीबार अस्ट्रेलियाको बिग ब्यास लिगमा २ विकेट लिएका छन्।

बिहीबार सिड्नी थन्डरविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले दुई विकेट लिएका हुन्। उनले ४ ओभर बलिङ गर्दा २६ रन खर्चिए। ८ बल डट फ्याँकेका सन्दीपले ३ चौका दिए।

खेलमा सन्दीप आबद्ध हरिकेन्स ९ रनले विजयी भयो। पहिले ब्याटिङ गरेको हरिकेन्सले ६ विकेटको क्षतिमा १७७ रन जोड्यो।

हरिकेन्सका लागि कप्तान म्याथ्यु वेडले नटआउट ८३ रन जोडे। उनले ५४ बलमा ८ चौका र २ छक्का हिर्काए।

१७८ रनको लक्ष्य पछ्याएको सिड्नीले २० ओभरमा ९ विकेटको क्षतिमा १६८ रन जोड्यो। सिड्नीका लागि एलेक्स हल्सले ३८ रन जोडे।

सन्दीपले सिड्नीका होल्टलाई १७ रन र नाथन म्याकएन्ड्रियूलाई ३० रनमा आउट गरे। दुवैलाई उनले १८ ओभरको पहिलो र चौथो बलमा आउट गरेका थिए।

जारी लिगमा हरिकेन्स १२ खेलमा २४ अंक जोडेर चौथो स्थानमा छ।

सन्दीपले १२ खेल नै खेल्दा १२ विकेट लिएका छन्। सन्दीप १२ मध्ये पाँच खेलमा विकेटविहीन बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?