सगरमाथाको नाम फेर्ने जी न्युज : ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’

  • Avatar
    admin

    January 13, 21 12:43 am

  • Comments

काठमाडौं, २९ पुस । भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ ।

Advertisement

यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए ।

भारतको नोयडास्थित स्टुडियोमा बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने जी न्युजको टोलीले सगरमाथामा दाबी प्रस्तुत गर्न भने सगरमाथा क्षेत्रमै पुग्ने अवसर पाएको छ ।

आश्चर्य के छ भने ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए । यो खबर आजको नयापत्रिकामा छ ।