संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुन्छ : सुजाता कोइराला

  • Avatar
    admin

    January 13, 21 2:35 pm

  • Comments

काठमाडौं, २९ पुष । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताएकी छिन् ।

Advertisement

रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताएकी हुन ।असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उन्ले बताइन ।

संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुन भन्दै उनले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उनको भनाई छ ।
ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उनले बताइन ।