संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिको ७३ वर्षको उमेरमा निधन

`

     २०७९ वैशाख ३० गते ५:३३
  • 22
    Shares

काठमाडौँ, बैशाख ३० । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको ७३ वर्षको उमेरमा निधन भएको छ । त्यहाँको सरकारी समाचार संस्था वामले राष्ट्रपतिको निधन भएको जनाएको छ ।

‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी क्षेत्र तीन दिन बन्द गर्ने घोषणा गरेको छ’, वामले ट्वीट गरेको छ ।

सन् १९४८ मा जन्मेका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?