श्रीलङ्कामा हिंसा बढ्दै, सांसदसहित ७ जनाको मृत्यु हुँदा मन्त्रीसहित २ दर्जन नेताका घर जलाइए

`

     २०७९ वैशाख २७ गते १०:१९
  • 37
    Shares

काठमाडौँ, बैशाख २७ । सोमबार श्रीलंकाको विपक्षी दलको दबाबमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका थिए । उनको राजीनामाबाट असन्तुष्ट समर्थकहरूले राजधानी कोलम्बोमा हिंसात्मक घटनाहरू गरेका थिए ।

श्रीलंकामा सोमबार भएका हिंसामा एक सांसदसहित ७ जनाको मृत्यु भएको र २३१ जना घाइते भएका छन् ।

जब राजापाक्षेका समर्थकहरूले कोलम्बो छोड्ने प्रयास गरे, उनीहरुको सवारी साधनलाई विभिन्न स्थानमा निशाना बनाइएको थियो । अर्कोतर्फ, प्रदर्शनकारीले हम्बनटोटामा महिन्दा राजापाक्षेको पुर्खाको घरमा आगजनी गरेका छन् । त्यही क्रममा राजधानी कोलम्बोमा पूर्वमन्त्री जोन्सन फर्नान्डोलाई कारसहित तालमा फालिदिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार हजारौं प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्री’ को मुख्य गेट तोडेर यहाँ पार्क गरिएको ट्रकमा आगजनी गरेका थिए । त्यसपछि निवासभित्र पनि गोली चलाइएको थियो ।

प्रदर्शनकारीहरुले महिन्दा राजापाक्षेको पुर्खौली घरसहित १२ जना पुर्वमन्त्रीको घरमा आगलागी गरेका छन् । त्यस्तै १४ जना सांसदसहित अन्य दर्जनौं नेताहरुको घरमा आगजनी भएको श्रीलंकाका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

खस्कँदै गएको आर्थिक अवस्थालाई मध्यनजर गर्दै शुक्रबार सर्वसाधारणले संसद भवनमा हिंसात्मक प्रदर्शन गरेका छन् । त्यसपछि राष्ट्रपति गोताबाया राजापाक्षेले पुनः संकटकालको घोषणा गरेका थिए । एक महिनापछि श्रीलंकामा संकटकाल लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?