शेयर बजारमा सामान्य अङ्कको गिरावट, १६ अर्ब १० करोडको कारोबार

  • Avatar
    admin

    June 10, 21 9:31 am

  • Comments

काठमाडौँ, २७ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार सामान्य अङ्कको गिरावट आएको छ । हिजो बुधबार १३.५६ अङ्कले घटेर दुई हजार नौ सय ४६ दशमलब ५८ विन्दुमा थामिएको थियो ।

Advertisement

आज नेप्से १.८० अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलब ७८ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब १० करोड ४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये सात वटा समूह बाहेक अन्य समूह बढेका छन् भने १२ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै, आज बोटलर्स नेपाल र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी हाइड्रोइलोक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी भएको छ । यसको ८३ करोड ९२ लाख २ हजारको कोरोबार भएको छ ।