विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने काँग्रेसको निर्णय

  • Avatar
    admin

    May 4, 21 12:13 pm

  • Comments

काठमाडौँ, २१ वैशाख। प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा असफल गराउने निर्णय गरेका छन्।

Advertisement

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले नियमित अधिवेशन बोलाउनु पर्ने बेलामा विश्वासको मत लिन विशेष अधिवेशन बोलाएकोमा असन्तुष्टि जनाएको छ ।

बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, विश्वासको मत प्रयोजनका लागि संसद बोलाउने काम भएको छ, यसमा ओलीलाई फेल गराउन लाग्ने कुरा भएको छ ।’