विश्वभर कोरोनाबाट ७ लाख बढीले ज्यान गुमाए

  • Avatar
    admin

    August 5, 20 4:46 am

  • Comments

एजेन्सी, २१ साउन । विश्वभर कोरोना भाइरसले ७ लाख बढीको ज्यान लिएको छ । हालसम्म विश्वमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ लाख ३ हजार ३६० पुगेको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोमा उल्लेख छ । त्यस्तै अहिलेसम्म विश्वमा एक करोड ८७ लाख कोरोनाबाट संक्रमित भएको तथ्यांक बाहिरिएको छ ।

Advertisement

कुल सङ्क्रमितमध्ये एक करोड १९ लाख ८ हजार उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै ६ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।

अमेरिका विश्वमा कोरोना संक्रमणको पहिलो स्थानमा छ । त्यहाँ  अहिलेसम्म १ लाख ६० हजार २७६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने ४९ लाख १८ हजार २४० पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल रहेको छ । हालसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या २८ लाख ८ हजार ७६ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुेको संख्या ९६ हजार ९६ पुगेको छ ।

advertisement

भारत कोरोना धेरै भएको तेस्रो स्थानमा पर्छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ ।

अहिलेसम्म भारतमा १९ लाख ६ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण ३९ हजार ८२० जनाको ज्यान गएको छ ।