विश्वकप छनोट नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै

  • Avatar
    admin

    June 3, 21 5:52 am

  • Comments

काठमाडौँ, २० जेठ । विश्वकप २०२२ र एशियनकप २०२३, छनोट खेलमा आज नेपालले चाइनिज ताईपेईसँग आजदेखि खेल्दै छ । यो खेल कुवेतमा नेपाली समयअनुसार बेलुकी ९ स्४५ मा हुने भएको छ ।

Advertisement

विश्वकप छनोटको आगामी चरणमा पुग्ने गणियित संभावना कायम रहेपनि व्यवहारिक रुपमा त्यो असंभवजस्तो देखिन्छ । अस्टे«लिया, कुवेत जोर्डन र चाईनिज ताईपेई सम्मिलित समूह बीमा रहेको नेपालको लक्ष्य सोझै एशियाकपको अगाामी ९तेस्रो० चरणको छनोट खेल्ने हो । यसका लागि भने चाईनिज ताईपेईविरुद्धको आजको खेललाई महत्वपूर्ण मानिएको छ ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ताईपेईविरुद्ध जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । ‘हामी छनोटको चौथो स्थानमा रहेर एशिया कपको तेस्रो चरणको छनोट खेल्ने अवसर कायम राख्न चाहन्छौं र यसका लागि जित्न चाहन्छौं,’ अलमुताईरीले भने,‘हामीसँग युवा र प्रतिभावान् खेलाडी छन् ।’

तुलनात्मक रुपमा अन्य टोलीको दाँजोमा ताईपेईविरुद्धको खेल नेपालका लागि सहज छ, त्यसैले नेपालले जितलाई नै आफ्नो लक्ष्य बनाएको छ । यसअघि पहिले लेगमा पनि नेपालले ताईपेईलाई २–० ले हराएको थियो ।

समूहको चौथो स्थानमा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमध्ये यही खेलबाट मात्रै अंक जोडेको हो । अन्य सबै खेलमा नेपाल पराजित भएको छ । यता, ताईपेइले अहिलेसम्म खेलेका ५ खेलमा कुनै जित निकाल्न सकेको छैन । त्यसैकारण, उसले पनि नेपालविरुद्धको खेल जित्ने लक्ष्य राखेको छ ।