विदेशमा ज्यान गुमाएका ३३७ मध्ये शनिबारसम्ममा १२५ जनाको शव स्वदेश आइपुग्यो

  • Avatar
    admin

    July 5, 20 5:52 am

  • Comments

काठमाडौं, २१ असार । विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव धमाधम स्वदेश ल्याउन सुरु भएको छ ।

Advertisement

खाडी र मलेसियाबाट एक हप्ताको अवधिमा ३८ नेपालीको शव स्वदेश ल्याइएको जनाइएको छ।

कोरोना महामारीको कारण विदेशमा अल्पत्र परेका नेपालीलाई स्वदेश फिर्ती गरेसंगै शव पनि ल्याउन सुरु भएको छ।

advertisement

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उतै रोकिएका ३३७ मध्ये शनिबारसम्ममा १२५ जनाको शव ल्याइएको छ ।