विकास र समृद्धिका लागि एमसीसी चाहिन्छः कानुनमन्त्री

`

सर्बोच्च संवाददाता

काठमाडौँ, १ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् ।

Advertisement

आज कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका कार्कीले यस्तो धारणा राखेका हुन् ।

उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भएपनि संसदबाट पास गराउनुपर्ने बताए । उनले एमसीसी बिकास परियोजना भएकाले संसदबाट पास गराउनको लागि सबैबीच सहमतिको खाँचो रहेको उनले औंल्याए ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा आजबाट स्थापना भएको कार्यालयले मानव – वन्यजन्तु द्धन्द्ध व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?