ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई २० लाख सहयोग

  • Avatar
    admin

    February 20, 21 12:56 am

  • Comments

ललितपुर, ८ फागुन । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

Advertisement

प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै सो रङ्गशालाले नेपाललाई अन्तरराष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “आउँदो १४ महिनामा रङ्गशाला निर्माणको काम पूर्ण रुपमा सम्पन्न गर्ने विश्वास लिएका छाँै । यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ ।” सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रङ्गशालामा ७७ जिल्लाका नाममा फरकफरक कक्ष निर्माण हुनेछ जसमा ललितपुर नामक कक्ष पनि निर्माण गरिने छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रङ्गशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पु¥याएको जनाउनुभयो ।