काठमाडौं बैशाख ३० । ललितपुर महानगरपालिकामा स्थानीय तह निर्वाचनको उत्साह देखिएको छ । मतदाताहरू बिहानै मत हाल्नका लागि लामबद्ध भएका छन् । महानगरमा मेयर पदका प्रत्यासी रहेका चिरिबाबु महर्जनले पनि बिहानै झम्सिखेलस्थित मतदान केन्द्रमा पुगी मतदान गरेका छन् ।