लकडाउनमा काठमाडौं उपत्यकाभित्र चार वटा ड्रोनले निगरानी गर्ने

  • Avatar
    admin

    April 2, 20 7:00 am

  • Comments

काठमाडौं, २० चैत । कोरोना भाइरस अर्थात कोभिड–१९ को रोकथामका लागि सरकारले लकडाउनको समयमा काठमाडौं उपत्यकाभित्र मानिसहरुको निगरानी ड्रोनले गर्ने भएको छ । लकडाउनको बेला चारवटा ड्रोनले निगरानी गर्ने भएको हो ।

Advertisement

नेपाल प्रहरीले लकडाउनमा मानिसहरूको आवतजावतको निगरानी गर्न ड्रोनको प्रयोग गरेको बताएको छ । प्रहरीले उपत्यका विभिन्न १५ स्थानहरूको गतिविधि अनुगमन गरिरहेको नेपाल प्रहरीले जनाइको छ ।

advertisement

प्रहरीले सबै स्थानमा प्रहरी पुगेर अनुगमन गर्ने अवस्था नभएको कारण ड्रोनको प्रयोग गरेको बताएको छ । ड्रोनको प्रयोगमार्फत् सर्वसाधारणको भीड तथा गाडीको आवतजावत अनुगमन गरी त्यसलाई नियन्त्रण गर्न निकै सहज भएको छ ।