रुकुम बासी जनतालाई प्रचण्डले भने सायद मैले गल्ती गरेँ, आत्म आलोचना गर्छु

  • Avatar
    admin

    April 6, 21 12:47 pm

  • Comments

काठमाडौँ, २४ चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूबाट गल्ती भएको भन्दै आत्म आलोचना गरेका छन् ।

Advertisement

आज (मङ्गलवार) रुकुममा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले दुःख कष्ट गरेका तथा नेतृत्वलाई बचाउने नेता कार्यकर्ता ओझेलमा परेको र जाली फटाहहरुले महत्त्व पाएको स्वीकार गरेका छन् ।

एमाले प्रवेश गरेका नेताहरूतर्फ सङ्केत गर्दै उनले भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरूलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’

उनले भने, ‘मैले तपाईंहरुलाई नै अगाडि बढाइ राख्नु पर्थ्यो ।, नियुक्ति, पार्टीको पदहरूमा पदोन्नति गर्नुपर्थ्यो, गल्ती भयो ।’ साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहाबाट हेडक्वार्टर घेरिए जस्तो भयो ।

यद्यपि आफूले कहिल्यै देश र जनताको हितमा दायाँबायाँ नगरेको उनको दाबी छ । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिविद्धतासमेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकुमका जनताबाट आफूले ऊर्जा पाएको उनले सुनाए ।

उनले भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुङ्गिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’