राष्ट्रिय जनमोर्चाले मंसिर २६ गते देशभर एमसीसी विरोध प्रदर्शन गर्ने

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २० मंसिर । राष्ट्रिय जनमोर्चाले  (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन हुन नदिन दवाव दिने उदेश्यले मंसिर २६ गते देशभर विरोध प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गर्ने भएको छ ।

Advertisement

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् । मंसिर २८ गते संसदको हिउँदे अधिवेशन डाकिएको स्थितिमा सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावना रहेको जनमोर्चाको आशंका छ ।

जनमोर्चाले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसलाई खारेज गराउन र संसदबाट अनुमोदन गर्न नदिन देशव्यापी सङ्घर्षको आवश्यकता रहेको जनाएको छ । ‘राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको बैठकले उक्त आवश्यकतालाई महसुस गरी यही मंसिर २६ गतेभित्र अनिवार्य रूपमा हरेक जिल्लामा एमसीसी सम्झौताको विरोधमा सङ्घर्ष गर्नका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया आदि जे सम्भावना छ त्यो गर्न मातहतका समितिहरूलाई निर्देशन गरिएको छ’, जनमोर्चाले विज्ञप्तिमार्फत भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?