राजेश हमालले गरे दीपाश्री निरौलालाई क्षमा दिन सबैसंग आग्रह

  • Avatar
    admin

    July 15, 20 2:53 am

  • Comments

काठमाडौं, ३१ असार । पछिल्लो समय महानायकको विषयले निकै आलोचनामा परेकी कलाकार तथा निर्देशक दीपा श्री निरौलालाई महानायक राजेश हमालले माफी दिन सबैसंग आग्रह गरेका छन् ।

Advertisement

फेसबुक लाइभ आएर हमालले सम्बन्धित व्यक्तिलाई माफी दिन दर्शकहरुलाई आग्रह गरेका हुन् । उनले मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै माफी दिन भनेका छन् । उनले आफू संलग्न भएको कला क्षेत्र विभिन्न वादविवादमा फसेको भन्दै दुःख व्यक्त गरेका छन् ।

सार्वजनिक भिडियोमा उनले भनेका छन् ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला, यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिरहनुहुनेछ भन्ने आशा राख्दछु । हामी कलाकारहरुलाई प्रेरित गर्दै गर्नुहोला ।’

advertisement

मानवताको लागि कसैको मानवताको आँच पुग्ने गरी अभिव्यक्ति प्रकट नगर्न पनि उनले आग्रह गरेका छन् । हमालले दिपाश्रीको नाम भने लिएका छैनन् तर नाम नलिए पनि दिपाश्रीलाई नै भनेको हो भनेर बुझ्न सकिन्छ । उनले ‘मेरा सहकर्मी’ लाई माफ गरिदिनुहोला भनेर अनुरोध गरेका छन् ।