राजा महेन्द्रले ०१३ सालमा शिलान्यास गरेको कान्ति लोकपथ अझै अधुरो, ६४ वर्षमा पनि बनेन ९० किलोमिटर सडक

  • Avatar
    admin

    April 11, 21 1:48 am

  • Comments

काठमाडौं, २९ चैत । कान्ति लोकपथ अलपत्र पर्नुमा सरकारको बेवास्ता मुख्य कारण हो । सेनाले ०१३ मा ट्रयाक खोल्न सुरु गरेर ०१६ मा सक्यो । तर, त्यसपछि लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नै परेन । ०५९ मा आएर मात्रै लोकपथलाई हेटौँडा जोड्ने वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्ने बहस सुरु भयो ।

Advertisement

लगत्तै कोरियन सरकारको सहयोगमा सडकको डिपिआर तयार गरियो । तर, काम अघि बढेन । ०६५ मा लोकपथ निर्माण पुनः बहसमा आयो । ५.५ मिटर चौडाइ रहने भनिएको सडक ८.५ मिटर चौडा बनाउने तय गरियो, तर बजेट विनियोजन गरिएन ।

लोकपथलाई सरकारले प्राथमिकतामा राखेको आर्थिक वर्ष ०७०र७१ बाट मात्रै हो । त्यसयता तीन अर्ब ३६ करोड विनियोजन भइसकेको छ । तर, दुई अर्ब ५८ करोड मात्रै खर्च भएको छ । लोकपथको ८० प्रतिशत भौतिक प्रगति यही अवधिको भएको आयोजनाले जनाएको छ ।

सरकारको प्राथमिकतामा ७२.५ किमि लामो काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माण परेको छ । जसका कारण कान्ति लोकपथ ओझेलमा छ । २३ कातिक ०६६ देखि सेनाले फास्ट ट्रयाकको ट्रयाक खन्ने काम गरिरहेको छ । यो आयोजना बने काठमाडौंबाट ५९ मिनेटमै निजगढ पुग्न सकिने सरकारले बताउँदै आएको छ । तर, अहिले न फास्ट ट्रयाक निर्माणले गति लिन सकेको छ, न लोकपथको निर्माण कार्य अघि बढेको छ ।

आयोजनाका अनुसार लोकपथ निर्माण कार्य सरकारको प्राथमिकतामा नपर्नुको अर्को कारण काठमाडौं–हेटौँडा सुरुङमार्ग पनि हो । ५८ किमि लामो यो मार्ग हुँदै ४० मिनेटमै काठमाडौंबाट हेटौँडा पुग्न सकिने सरकारको भनाइ छ । सरकारले सुरुङमार्ग निर्माणको जिम्मा कुलेखानी–हेटौँडा सुरुङमार्ग आयोजनालाई दिएको थियो ।

आयोजनाको डिपिआरसमेत बन्यो । तर, पछि कम्पनीले लगानी जुटाउन नसकेर आयोजना नै अलपत्र प(यो । सुरुङमार्गका कारण ओझेलमा परेको लोकपथ निर्माण पनि अघि बढेन । यो खबर नयाँपत्रिकामा छ ।