म्याराडोना सुधारगृहमा

  • Avatar
    admin

    November 12, 20 9:28 am

  • Comments

एजेन्सी, २७ कात्तिक । आर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोना मस्तिष्कको आकस्मिक शल्यक्रियापछि अस्पतालबाट बिदा भएका छन्। तर मदिरामा निर्भर रहने समस्याबाट मुक्त गर्न उनलाई सुधारगृहमा लगिएको छ।

Advertisement

सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या खेप्नुपरेको छ। सन् १९८६ मा उनी संलग्न भएको आर्जेन्टिनी फुटबल टोलीले विश्वकप जितेको थियो।  त्यतिबेला उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गरेको महत्त्वपूर्ण गोल विवादित बनेको थियो।

म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो। तर मदिरा परित्याग गर्दा उत्पन्न समस्याले उनी लामो समय अस्पताल बस्नुपरेको थियो। “राम्रो कुरा के हो भने डिएगो सकुशल छन्, डिएगो सबल छन्,” उनका वकिल माटियास मोर्लाले भने।

advertisement

रक्ताल्पता र निर्जलीकरणको समस्या देखिएपछि उनी गत साता राजधानीस्थित एउटा क्लिनिकमा भर्ना भएका थिए। सुधारगृहमा म्याराडोनालाई उनका केही निकटस्थ साथीले मात्रा भेट्न पाउनेछन्।

“डिएगो आफ्नो जीवनको सम्भवतः कठिनतम क्षणमा छन्। उनको मस्तिष्कमा रगत बगेको पत्ता लाग्नु एउटा चमत्कार थियो, नत्र उनको ज्यान पनि जान सक्थ्यो,” उनका वकिलले भने।

म्याराडोनाले गत महिना आफ्नो ६०औँ जन्मोत्सव मनाएका थिए।म्याराडोना जति प्रख्यात छन् उति नै विवादित पनि। खेलपत्रकार गीजम बलागेका अनुसार फुटबलबाट पाएको ख्याति र देवताको जस्तो मान म्याराडोनाले थेग्न सकेनन्।