म्यानमारको सेनामाथि धार्मिक अल्पसङ्ख्यक समूहको आक्रमण

  • Avatar
    admin

    April 27, 21 9:40 am

  • Comments

एजेन्सी, १४ वैशाख । अल्पसंख्यक करेन समुदायको समूहले सेनाको क्याम्पमा आक्रमण गरेको छ ।

Advertisement

आसियन राष्ट्रको सम्मेलनमा बोल्दै म्यानमारको सेना प्रमुखले अन्य मुलुकले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको बताएको केही समयमा नै म्यानमारको सेनाको पोस्टमा आक्रमण भएको जनाएको छ ।

शनिबार भएको आसियन सम्मेलनमा आसियन मुलुकका नेताले म्यानमारलाई हिंसा रोक्न आग्रह गरेका थिए । साथै निर्वाचित सरकारसँग वार्ता गरेर समस्या समाधानको लागि आग्रह गरेका थिए ।

म्यानमारको करेन नेशनल युनियनले आफ्ना लडाकुहरुले थाइल्याण्डको सीमानजिकै रहेको सेनाको क्याम्पलाई आफ्नो नियन्त्रणमा लिएको बताएको हो । मंगलबार बिहानै सो क्याम्पमा सो संगठनले छापामार आक्रमण गरेका थिए ।

यो समूहका विदेश मामिला प्रमुख स टाव निले अन्य केही स्थानमा पनि भिडन्त चलिरहेको बताए । यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएका छैनन् ।

यो आक्रमणको विषयमा म्यानमारको सेनाले भने प्रतिक्रिया दिएको छैन । म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारलाई हटाउँदै कू गरेसँगै निरन्तर सेनाविरुद्ध आन्दोलन हुँदै आएको छ ।

म्यानमारका विभिन्न धार्मिक संगठनहरुले पनि सेनाविरुद्धको आन्दोलनलाई साथ दिने बताइसकेको छ ।