महोत्तरी घटना छानबिनका लागि गृहले बनायो समिति

  • Avatar
    admin

    November 26, 20 3:16 pm

  • Comments

काठमाडौं, ११ मंसिर । गृह मन्त्रालयले महोत्तरीमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ।

Advertisement

६ वर्षीय बालिका गुलबसा खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज (सञ्जय) न्यौपानेको मृत्यु भएको थियो। प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो।

advertisement

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच चार बुँदे सहमति भएको थियो। आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो।

उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।