मनोमानी ढङ्गले नयाँ नेतृत्व छान्ने ओलीको तयारी

`

     २०७८ मंसिर १२ गते ४:४५
  • 31
    Shares
मङ्सिर १२, चितवन । एमालेको नयाँ नेतृत्व मनोमानी ढङ्गले छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीले आफूले लिएका छन् । उपमहासचिव विष्णु पौडेलले शनिवार साँझ बन्द सत्रमा नयाँ नेतृत्व छान्न पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिन राखेको प्रस्ताव पारित भएकाले ओलीले सो अधिकार आफूमा केन्द्रित गरेका हुन् ।
पार्टी प्रणाली अनुसार अध्यक्ष मण्डलले कुनै पनि कुरा छलफल नगरी पेस गर्न नपाउने भएकाले आफ्नो कुरा राख्नु पाउनुपर्छ भन्दै भीम रावल उठेका थिए । उनी पनि अध्यक्ष मण्डलको सदस्य रहेका छन् । उठेर असन्तुष्टि जनाउनेमा घनश्याम भुसाल पनि रहेका थिए । अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालले अधिकार केन्द्रित गर्ने ओलीको निर्णयमा विरोध जनाए पनि उक्त विरोध प्रभावहीन देखिएको छ ।
अध्यक्ष ओलीले आइतबार पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने भएका छन् ।
एमाले नेतृत्व ५ वर्षका लागि छान्न देशभरिबाट २,१७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भए पनि ती प्रतिनिधिहरूको अधिकार कुण्ठित गर्दै कमिटी छान्ने कामको जिम्मेवारी अध्यक्ष ओली आफैँले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?