मनोज साङ्सोनको ‘चिसो चिसो रातैमा’ सार्बजनिक

  • Avatar
    sarbochcha

    June 14, 20 8:26 am

  • Comments

काठमाडौँ, ३२ जेठ ।
‘चिसो चिसो रातैमा हौ समातेर हातैमा
दिल खोली हाँसौला हौ सोल्टिनी माया गाँसौ न’

Advertisement

ठेट पुर्बेली लोकलयमा आधारित सुमधुर लयमा गाइएका यी हरफहरू गायिका लिला राई र गायक मनोज साङ्सोन राईको स्वरमा रेकर्ड भएर भर्खरै सार्वजनिक गरिएको गीतका अंश हुन् । ‘धरान धनकुटा भेडेटार’ अनि ‘माघेनी मेल’ जस्ता चर्चित गीतका गायिका लिला राईको स्वर समेटिएको यो पछिल्लो गीत श्रोताले मन पराउने गीतको रूपमा निकै नै आशालाग्दो देखिएको छ ।

advertisement

यो गीतमा विवेक बाँस्कोटाको शब्द संकलन रहेको छ भने लय सिर्जना गीतकार स्वयम् र गीतका गायक तथा सङ्गीत संयोजक मनोज साङ्सोन राईले गरेका छन् । स्टुडियो किङमा स्वरांकन तथा भिडियो छायांकन गरिएको यो गीत स्टुडियो किङकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतको भिडियोको काम भने जस्केलो क्रियसनले गरेको छ ।

गीतलाई शुरुवातमै दर्शक स्रोताहरूले अत्यन्त मन पराउन थाल्नु भएको छ । केही कमेन्ट जस्ताको तस्तैः

यस साङ्गीतिक टिमलाई धेरै धेरै बधाइ तथा शुभकामना ।