भोट हाल्न जाँदा के गर्ने के नगर्ने ? के – के लैजान पाइँदैन ?

`

     २०७९ वैशाख २८ गते ९:२१

 

काठमाडौं, वैशाख २८ । वैशाख ३० गते शुक्रबार हुने स्थानिय तहको निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने आयोगले जनाएको छ । मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै “कुनै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” भनेको छ । आयोगले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ “उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग अपिल गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?