October 10, 20 5:07 am
काठमाडौं, २४ असोज । गायिका रचना रिमाल र शंकर दाहालको स्वर रहेको ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ ।
यस गीतमा दीपकराज पाठकको शब्द रहेको छ । गीतको भिडियोमा शिशिर भण्डारीका साथमा नवकलाकार स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पाँचकोटी, आकांक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।
गीतको भिडियो सन्तोष राजबहाकले निर्देशन गरेका हुन् । जसमा ज्ञानेन्द्र शर्माको छायाँकन र डिन्सन शाहको सम्पादन रहेको छ ।