भारतमा २४ घण्टामा थप ४२०५ जना कोरोना संक्रमितको मृत्यु

  • Avatar
    admin

    May 12, 21 5:50 am

  • Comments

एजेन्सी, २९ वैशाख । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५ जनाको मृत्यु भएको जनाएको छ ।

Advertisement

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मे ७ मा कोरोनाले ४ हजार १ सय ८७ को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४८ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । केही दिनयता भारतमा संक्रमण भने घट्दै गएको छ । त्यस्तै पछिल्ला दिनमा दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि सरदर ३ लाख ५० हजार रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म २ करोड ३३ लाख ४० हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ९३ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५४ हजार १ सय ९७ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख भन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ८ ३हजार ८ सय ४ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १७ करोड ५२ लाख डोज खोप लगाइएको छ ।