भारतमा २४ घण्टामा थप ३ लाख ९२ हजार सङ्क्रमित, ३६ सयको मृत्यु

  • Avatar
    admin

    May 2, 21 7:57 am

  • Comments

एजेन्सी, १९ वैशाख। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ३ लाख ९२ हजार ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यस अवधिमा थप ३ हजार ६ सय ८९ कोरोना संक्रमितको मृत्यु भएका छन् ।

Advertisement

योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या १ करोड ९५ लाख नाघेको छ । त्यस्तै २ लाख १५ हजार ५ सय ४२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३३ लाख भन्दा बढी रहेको जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु मध्ये ३३ लाख ४९ हजार ६४४ अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन लाख सात हजार ८६५ जना कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा हालसम्म सङ्क्रमण मुक्त भएकाहरुको सङ्ख्या १ करोड ५९ लाख ९२ हजार २ सय ७१ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले अहिलेसम्म २९ करोड १ लाख ४२ हजार ३ सय ३९ पटक स्वाब परीक्षण गरेको छ भने पछिल्लो एक दिनमा मात्रै १८ लाख ४ हजार ९ सय ५४ जनाको कोरोना परीक्षण गरिएको छ ।

भारतमा हालसम्म १५ करोड ६८ लाख १६ हजार ३१ ओटा खोप प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।