भारतमा २४ घण्टामा थप ३ लाख ८६ हजारमा कोरोना सङ्क्रमण, ३४९८ को मृत्यु

  • Avatar
    admin

    April 30, 21 5:30 am

  • Comments

एजेन्सी, १७ वैशाख । भारतमा कोरोना महामारीले ‘सुनामी’ को रूप लिइसकेको छ । तत्काल संक्रमितको संख्यामा कमी आउने सम्भावना देखिएको छैन ।

Advertisement

पछिल्लो एक साता भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अन्य कुनै देशमा भन्दा बढी छ । यो अवधिमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा त हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । अघिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।

एक दिनको अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको जनाएको छ ।

भाइरस प्रभावित देशहरूको सूचीमा शीर्षस्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन् । ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या नै करिब ३२ लाख पुगेको छ । महामारीका कारण भारतका अस्पतालहरूमा बेड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बिरामीहरूको उपचार नपाएरै मृत्यु भएको छ । अस्पतालहरू बिरामीहरूको भार नसक्ने अवस्थामा पुगिसकेका छन् ।

अमेरिका, बेलायत, यूएई, साउदी अरबलगायत देशले अक्सिजन तथा मेडिकल सामग्रीहरू सहयोग गरेका भए पनि सवा अर्बभन्दा बढी जनसंख्या रहेको भारतका लागि बालुवामा पानी खन्याएसरह भएको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।