भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ सङ्क्रमित भन्दा निको हुनेका सङ्ख्या दोब्बर

  • Avatar
    admin

    May 28, 21 6:01 am

  • Comments

एजेन्सी, १४ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा तीब्र कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा १ लाख ७९ हजार ५३५ बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आयो । २ लाख ६४ हजार १८२ बिरामी निको भए जबकी ३,५५६ जनाको मृत्यु भयो ।

Advertisement

नयाँ बिरामीको आँकडा पछिल्लो ५४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि अप्रिल १३ मा १ लाख ८५ हजार ३०६ नयाँ बिरामी भेटिएका थिए ।

२८ राज्य र केन्द्र शासित प्रदेशमा नयाँ बिरामीको तुलनामा निको हुनेको संख्या बढी रहेको छ । बिहिबार भारतमा २८,३२३ सक्रिय संक्रमित कम भए । अब २३ लाख २७ हजार ५४१ बिरामीको उपचार चलिरहेको छ ।