भारतमा कोरोना सङ्क्रमितका संख्या १ करोड १० लाख नाघ्यो

  • Avatar
    admin

    February 22, 21 9:42 am

  • Comments

एजेन्सी, १० फागुन। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड १० लाख बढी पुगेको छ । विगत २४ घण्टामा भारतमा १४ हजार १ सय ९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८ सय ५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

Advertisement

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८३ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ३ सय ८५ जना पुगेका छन् ।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । उक्त दिनदेखि हालसम्म एक करोडभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरस विरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार भारतमा १ करोड ६ लाख ९९ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।