भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढी कोरोना संक्रमित, २२६३ को मृत्यु

  • Avatar
    admin

    April 23, 21 5:10 am

  • Comments

एजन्सी, १० वैशाख । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ७ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वको कुनै पनि देशमा एकै दिन संक्रमित हुनेको हालसम्मकै बढी हो ।त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार २ सय ६३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९ सय २० पुगेको छ भने १ करोड ३६ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २४ लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतले अहिलेसम्म १३ करोड ५४ लाख ७८ हजार ४ सय २० डोज कोरोना खोप लगाइसकेको छ ।

पछिल्लो दुई सातायता भारतमा कोरोनाको संक्रमण तीव्र दरले बढी रहेको छ । कोरोनाको दोस्रो लहर तिव्र भएपछी भारतमा अक्सिजन र बेड नपाएर मृत्यु हुनेको सङख्या बढ्दो छ ।

राजधानी दिल्लीमै अक्सिजन र बेडको हाहाकार मच्चिएपछि केन्द्र सरकारले चासो देखाए पनि अवस्थामा खासै सुधार आएको छैन । बिहीबार पनि दिल्लीका कतिपय अस्पतालका प्रमुखहरूले अक्सिजन केही बेरका लागि मात्र भएको भन्दै सरकारसँग गुहार लगाइरहेका छन् ।