January 9, 21 5:16 am
एजेन्सी, २५ पुस । महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको ज्यान गएको छ।
न्यूबर्न केयर युनिटमा शनिवार बिहान २ बजे आगो लागेको थियो। उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकाल्न सफल भएको जनाइएको छ ।
अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ।
मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो। त्यसपछि अस्पतालका वरिष्ठ अधिकारीहरूलाई घटनाबारे खबर दिइएको थियो।