बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन अनिवार्य क्वारेन्टिनमा

  • Avatar
    admin

    December 23, 20 1:51 pm

  • Comments

काठमाडौं, ८ पुष । सरकारले संयुक्त अधिराज्य (बेलायत) बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका छन् ।

advertisement

उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न उनले अनुरोध गरेका छन् ।

उनले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताए । मन्त्रालयका प्रवक्ता डा. गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गरेका छन् ।

मन्त्रालयले यसरी आउने व्यक्तिको निःशुल्क परीक्षणको व्यवस्थासमेत मिलाउन सरकारी प्रयोगशालालाई भनेको छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार ९७९ जनामा सङ्क्रमण, दुई लाख ४६ हजार ६६१ जना निको र एक हजार ८०३ को सङ्क्रमणको कारणले निधन भइसकेको छ ।