बुधबार नेप्सेमा सुधार, कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन

`

सर्बोच्च संवाददाता

काठमाडौं, १५ मंसिर । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचकमा सुधारको संकेत देखिएको छ ।

Advertisement

नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि झिनो अंकले सुधारियो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन । कुनै बेला एकै दिन २१ अर्बको कारोबार भएको शेयर बजारमा बुधबार २ अर्ब ८४ करोड रुपैयाँको मात्रै शेयर किनबेच भयो ।

चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीषा भए यता नेप्से लगातार घटिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?