बिहीबार ३ हजार ७४९ कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

  • Avatar
    admin

    October 15, 20 10:44 am

  • Comments

काठमाडाैं, २९ असाेज । बिहीबार देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

Advertisement

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको उनले बताए। यस दिन कोरोनाबाट ३ हजार ५६४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

advertisement

पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गरिएको हो। अहिले देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्।

बिहीबार कोरोनाले थप १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ।