बाह्र किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

  • Avatar
    admin

    May 5, 21 8:29 am

  • Comments

सिरहा, २२ वैशाख । धनगढीमाई नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट १२ किलो अवैध लागूऔषध गाँजा सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादब, २१ वर्षीय सुनिल यादब र २० वर्षीय संजय यादब रहेका छन् । स.१० प २७३ र स.२ प ७५८३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै मोटरसाइकलमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।