बालिका र महिलाको यौन भिडियाे बेच्नेलाई ४० वर्ष जेल

  • Avatar
    admin

    November 26, 20 9:38 am

  • Comments

एजेन्सी, ११ मंसिर ।  दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ ।

Advertisement

जो जू-बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडियाे पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।

advertisement

बिबिसीका अनुसार त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।

उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए । यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ।